बि.सं २०८१ साल असोज १८ गते शुक्रबार विहान ०९ः०० बजे स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं यस प्रतिष्ठानका सह–कुलपति माननीय प्रदिप पौडेलज्यूवाट पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवलोकन भ्रमण गर्नुभयो । यस क्रममा बिभिन्न वार्डहरुमा रहेका बिरामी तथा अस्पतालको सेवा प्रवाह गर्ने वार्ड, शाखा एवं यूनिटको समेत अवलोकन गरी सुझाव प्रदान गर्नुभयो र हालै देशका बिभिन्न भागमा गएको भिषण बर्षा पछिको वाढि पहिरोमा परि उपचारमा रहेका विरामीहरुसंग भेट गरी नेपाल सरकारले तोके बमोजिम उपचार सेवाको निरिक्षण गर्नुभयो । यसै गरी उक्त भ्रमणको अवसरमा प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजेश नाथ गंगोल, शिक्षाध्यक्ष प्रा.डा. पवन कुमार शर्मा, रजिष्ट्रार प्रा.डा. पारस कुमार आचार्य तथा अस्पताल निर्देशक प्रा.डा. रवि शाक्य र स्वास्थ्य निर्देशक प्रा.डा. युव राज शर्मा लगायत प्रतिष्ठानका कर्मचारीहरुको उपस्थितिमा माननीय मन्त्रीज्यूवाट पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा उदाहरणीय रहेको र अस्पताल सेवाको गुणस्तर अभिबृद्धिमा मन्त्रालयको प्रतिवद्धता रहने अभिब्यक्ति प्रस्तुत गर्नुभयो ।
![](https://pahs.edu.np/wp-content/uploads/2024/10/MoHP-visit_1-1024x682.jpg)
![](https://pahs.edu.np/wp-content/uploads/2024/10/MoHP-visit_3-1024x577.jpg)